काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएलले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ४ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल सरकारबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार १२औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।
पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।