काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ५ मा सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

टेलिकमको घोषित लाभांश धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुद्वारा धोषित लाभांशमध्ये आकर्षकमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय