काठमाडौं– घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

कम्पनीले बोनस सेयर वितरण गर्ने लगायत प्रस्ताव पारित गर्न पुस २८ गते साधारणसभा बोलाएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभा दाङको घोराही उपमहानगरपालिका वडा नं. १५, भरतपुरस्थित होटल पौवामा हुने सूचनामा उल्लेख छ ।

साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र सो बोनस सेयर वितरण गर्दा हुन आउने खण्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभूत सेयरधनी वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षकको नियुक्ति लगायत प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्नेछ । पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन र लाभांशमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय