काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २१.०३ विन्दुले ओरालो लागेर २०८८.०७ कायम भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२९ बिन्दुले ओरालो लागेर ३९१.३३ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ४ उपसमूहको सेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ ।

कुल १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँमा किनबेच भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा ६ । सो कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, हाथवे इन्भेस्टमेन्ट २९ करोड ५० लाख ९ हजार ५९४, सोनापुर मिनरल्स २८ करोड १९ लाख ४५ हजार ७००, घोराही सिमेन्ट २२ करोड ५२ लाख २२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ३ लाख ७२ हजार ८०० रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ ।

हाथवे इन्भेस्टमेन्ट ९.८५ ८५, आँखु खोला जलविद्युत् कम्पनी ९.१७ र हिमालयन डिस्टिलरीको सेयरधनीले ६.८७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय