काठमाडौं– चालू आर्थिक वर्षको ५ महिनामा आयात प्रतिबन्ध लागेको समयको भन्दा पनि कम वस्तु आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि मंसिरसम्ममा वस्तु आयात ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशत कम हो ।

गत वर्ष यस अवधिमा बिलासी वर्गमा पर्ने आधा दर्जन वस्तुको आयातमा प्रतिबन्ध थियो । तैपनि सुरुका ५ महिनाको आयात ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबर थियो ।

मागमा कमी आउँदा आयात खुम्चिएको हो । निर्यात पनि व्यापक घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यसपालि साउनदेखि मंसिरसम्ममा नेपालबाट ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो निर्यात गत वर्षको यही अवधिको तुलनामा ६.०९ प्रतिशतले कम हो । गत वर्ष पहिलो पाँच महिनामा ६७ अर्ब ३० करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरिएको थियो ।

यस अवधिमा व्यापार घाटा ५ खर्ब ७९ अर्ब नाघेको छ । व्यापार घाटा पनि पोहोरको तुलनमा ३.०९ प्रतिशतले कम हो । पोहोर पाँच महिनाको व्यापार घाटा ५ खर्ब ९७ अर्बभन्दा माथि थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय