काठमाडौं– पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को सेयर बुधबार बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृत भएको थियो । कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धकको भनाइ छ । यीमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
रद्द भएका बाहेक सबै आवेदकले १० कित्तादेखि ४० कित्तासम्म सेयर पाएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर प्राप्त गरेका हुन् । ३० कित्ताभन्दा बढी आवेदन दिने २९ हजार २१ जनाले भने थप १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले जारी गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत (३० लाख कित्ता) सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

२ प्रतिशत (६ लाख कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१५ लाख कित्ता) सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय