काठमाडौं– ठेक्का लिएर तोकिएको समयमा काम नगर्ने एक भारतीय सहित पाँचवटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी ती कम्पनीलाई दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको छ ।

कालीसूचीमा पर्नेमा भारतको पश्चिम बंगाल राज्यको एमपी सितानी एन्ड सन्स, सुर्खेतको एमपी/एससीएफ/ईसीसी जेभी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारास्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालि छन् ।

ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक–पटक म्याद थप हुँदासमेत काम नगरी अलपत्र छाडेपछि कार्यालयले ठेक्का दाता निकायो सिफारिसमा कार्यालयले कालोसूचीमा राखेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय