काठमाडौं– ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्र तनावग्रस्त भनेको छ । आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीको गोलीबाट घाइते पुरुषको उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको हो । मृतकको पहिचान खुल्न बाँकी छ । किस्ट अस्पतालले घाइते अवस्थामा ल्याइएका ती युवकको उपचारका क्रममा निधन भएको पुष्टि गरेको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान इच्छुक व्यक्तिहरुले बिहानैदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शन चलिरहेका बेला सोही बाटो हुँदै गन्तव्यमा जान लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको सरकारी गाडी प्रदर्शनकारीले जलाइदिएका थिए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर ललितपुरको दाबी छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास पनि प्रहार गरेको छ । प्रदर्शनमा संलग्न डेढ दर्जन जतिलाई प्रहरीले पक्राउ गरेको छ । केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय