काठमाडौं– रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो ।

बम्पर योजनाअन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु हुने दिन ९पुस १५ गते राति १२ बजे० देखि ३० दिनसम्म सो अटोमोबाइल्समार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन् । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिएका छन् ।

उनका अनुसार यस्तो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रतक्ष्य रुपमा अटोमोबाइल्सको सोरुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनै पनि डिजिटल भुक्तानीमार्फत गाडी बुकिङ गरेको हुनुपर्ने छ । कम्ती २५ हजार रुपैयाँ बुझाएर गाडी बुकिङ गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुने कम्पनीको भनाइ छ ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरुको बिक्रीवितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखि २०० मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाइ अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडी उपलब्ध गराएर गाडीका पारखी र ग्राहकबीच लोकप्रियता हासिल गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय