काठमाडौं– नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगलले प्रहरी वृत्त महाराजगन्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताए ।

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगन्ज र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय