काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले पछिल्लो समय केही अनलाइन मिडियाहरूमा कम्पनीबारे प्रकाशित समाचारको खण्डन गरेको छ । ती अनलाइनले सुनियोजित तवरले शृंखलाबद्ध रुपमा फरक फरक शीर्षक राखी कम्पनीप्रति नकरात्मक असर पुर्याउने उद्देश्यले कपोलकल्पित, भ्रामक, अतिरञ्जित र तथ्यहीन समाचार सम्प्रेषण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियम पालना गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशनअनुसार कार्यसम्पादन गर्दै आएको दाबी गरेको छ । साथै नेपाल सरकारका अन्य नियामक निकाय कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एन्ड क्लियरिङ लिमिटेड लगायत सबै सरोकारवाला नियामक निकायको नीति, नियम र निर्देशनको परिधिभित्र रही ती निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई काम गर्दै आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

केही मिडियामा प्रकाशित समाचारहरू तथ्यहीन, आधारहीन र कपोलकल्पित रहेको कम्पनीले दाबी गरेको छ । ती समाचारहरु गलत आरोप लगाएर लाखौं बिमित, लाखौं सेयरधनी र हजारांै अभिकर्ताहरूको विश्वास जित्न सफल सूर्यज्योति लाइफप्रति आम जनतामा भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले प्रकाशित गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आधारहीन समाचारको पछि नलागी विगतमा झैं कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा पनि अनुरोध गरेको छ ।

कम्पनीसँग सम्बन्धित कुनै सुझाव वा गुनासो भए नजिकको शाखा कार्यालय वा कम्पनीको इमेलमार्फत उपलब्ध गराइदिन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय