काठमाडौं– ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनोट गर्छ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो ।

सन् २०२२ का लागि ‘एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औं स्थानमा प्रवेश गरेको थियो भने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो । यस वर्ष पनि विश्वभरका १०० उत्कृष्ट क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।

एलओडी डिजे म्याग टप १०० को छनोटका लागि नोमिनेसनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । यसपटक क्लब अझै माथि उक्लिन सक्ने विश्वास लिएको कुँवर बताउँछन् ।

क्लब, डिजे म्युजिकप्रेमीको लागि हामीले पूर्वाधार, सुरक्षा व्यवस्था तथा डिजे कलाकारको राम्रो व्यवस्था गरिरहेको निर्देशक कुँवरले जानकारी दिए । एलओडीले नेपालमा पारिवारिक क्लबिङ अनुभवको नयाँ आयाम थप्दै गएको कुँवर बताउँछन् । क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग आवश्यक रहेको कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय