काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने भन्दै ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

कर्जा आवश्यक कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बताइएको छ । गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा ०.७५ प्रतिशत र आवधिक कर्जामा १ प्रतिशत मात्र प्रिमियम थपिने बैंकको विज्ञप्तिमा उल्लेख छ । बैंकले नयाँ उद्यमीलाई लक्षित गरी यो योजना सार्वजनिक गरेको जनाएको छ ।

यस योजनाअन्तर्गत व्यवसाय/उद्यम सुरुआत वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन पाइने बताइएको छ ।

गरिमा विकास बैंकले देशभर १२३ शाखा, ५१ एटिएम र डिजिटल बैंकिङमार्फत करिब ८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय