काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८०१३ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय