काठमाडौं– सरकारले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य फेरि बढाएको छ । अघिल्लो पल्ट एक सातामै यी चारथरी इन्धनको मूल्य बढाएको सरकारी स्वामित्वको नेपाल आयल निगमले यसपालि १३ दिनपछि पुनः बढाएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट १ मार्च (फागुन १७ गते ) मा प्राप्त मूल्य अनुसार भाउ समायोजन गर्दा मूल्य बढ्न पुगेको निगमको भनाइ छ ।

निगमले फागुन १७ गते राति १२ः०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो । ग्यासको मूल्य भने यथावत राखेको छ ।

नयाँ मूल्य अनुसार काठमाडौंको थानकोटस्थित निगमको डिपोबाट १५ किलोमिटरभित्रका ग्राहकले एक लिटर पट्रोलको लागि ११६ रुपैयाँ तिर्नुपर्नेछ ।

मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको हकमा ७२ रुपैयाँ मूल्य कायम गरेको निगमले सोमबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय