काठमाडौं– ओरियन्टल होटल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार होटलको आम्दानी बढेसँगै खुद नाफा बढेको हो । समीक्षा अवधिमा होटलको आम्दानी २७.५७ प्रतिशत बढेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा होटलको कुल नाफा २४.६१ प्रतिशत, कुल खर्च २२.६८ प्रतिशत र सञ्चालन मुनाफा ३५.२१ प्रतिशत बढेको बताइएको छ ।

नाफा बढेसँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ३ रुपैयाँ बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ । सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.३२ गुणा रहेको छ ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा २ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय