काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य स्वात्तै घटेको छ । सोमबार तोलामा ८८ हजार ७०० मा कारोबार भएको सुन मंगलबार तोलामा १७ सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार छ भने तेजावी सुनको तोलामा ८६ हजार ५५० सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य तोलामा एक हजार ३३० मा कारोबार भएकोमा मंगलबार घटेर तोलामा एक हजार २९० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय