काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा मुलुकको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोडभन्दा माथि पुगेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो । गत वर्ष साउन–माघको व्यापार घाटा ८ खर्ब २५ करोड रुपैयाँभन्दा माथि थियो ।

भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा ८ खर्ब ९७ अर्ब ९४ करोडभन्दा बढीको वस्तु विदेशबाट आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

चालु वर्षको ७ महिनाको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो ।

यस अवधिमा नेपालबाट ८३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको वस्तु विदेश निर्यात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो । ७ महिनाको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय