रसुवा– चीनले केरुङ–रसुवागढी नाका खोल्न आनाकानी गरेको छ । चीनले स्प्रिङ फेस्टिभलको नाममा माघ २९ गते बन्द गरेको नाका मार्च १ मा खोल्ने बताइए पनि अझै लम्बिने संकेत चिनियाँ अधिकारीले गरेका छन् ।

मंगलबार नाकाको मितेरी पुलमा बसेको दुई देशका सीमा सुरक्षा अधिकारीको बैठकमा चिनियाँ अधिकारीले उक्त नाकाबाट नेपाली व्यवसायीको सामान पठाउन अझै केही दिन लाग्ने बताएका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार चिनियाँ अधिकारीले अर्को बैठकमा यस विषयमा छलफल गर्ने बताएका छन् ।

चिनियाँ अधिकारीले अब नाका खुल्दा पनि दैनिक पाँच गाडी सामान मात्र पठाउने संकेत गरेका छन् । कोरोनाका कारण बन्द नाका जेठ अन्तिममा खुले पनि आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामान ल्याएर नेपालतर्फ झारिदिने गरेका थिए । केही महिनाअघि रसुवा र

जिलोङ काउन्टीका स्थानीय अधिकारीबीच भएको छलफलले दैनिक आठ गाडी सामान पठाउने सहमति भएको थियो । तर सहमति अनुसार सामान नआएको रसुवा भन्सारले जनाएको छ ।

चीनले केरुङ–रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरे पनि आफूखुसी बन्द गर्ने र खोल्ने गर्छ । चीनले नाकामा गर्ने मनोमानीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखनाथ भट्टले औपचारिक कार्यक्रममै आलोचना गरेका थिए ।

चीनको मनोमानीले लामो यात्रा तय गरेर केरुङ आइपुगेको नेपाली व्यवसायीको करोडौं लगानी फसेको सामान महिनौंदेखि अलपत्र छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय