काठमाडौं– स्थानीय बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य पुनः उकालो लागेको छ । मंगलबार तोलामा नै एक हजार ७०० ले घटेको सुनको मूल्य बुधबार भने ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन बुधबार भने ८७ हजार ५०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन मंगलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकोमा बुधबार भने तोलामा ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।
महासंघका अनुसार चाँदी पनि तोलामा नै २५ ले बढेको छ । मंगलबार प्रतितोला एक हजार २९० मा कारोवार भएको चाँदी बुधबार लागि भने एक हजार ३१५ मा कारोबार भइरहेको छ ।