काठमाडौं– बुधबार धितोपत्रको देस्रो बजारमा कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य घट्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.२३ अंकले घटेर दुई हजार ४१६ मा पुगेको छ । पछिल्ला केही दिनदेखि घट्दो क्रममा रहेको सेयर बजार सूचक नेप्से मंगलबार पनि घटेको थियो । मंगलबार र बुधबार गरेर सेयर बजार एक सय अंकले घटेको छ

नेप्सेका अनुसार बुधबार कुल २१२ कम्पनीको एक करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर ६ अर्ब २५ करोड ४८ लाख ९ लाख ४४२ मा किनबेच भएको हो ।

बजारमा कारोबारमा आएका कुल १३ उपसमूहमध्ये २ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक राताम्मे देखिएको छ । बुधबार साल्ट ट्रेडिङ कम्पनीको सेयरमूल्य उच्च रुपले बढ्दा व्यापार उपसमूहको सूचक बढेको छ भने चन्द्रागिरीको सेयरमूल्य बढ्दा होटल तथा पर्यटन उपसमूहको सूचक बढेको हो ।

यस दिन चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
बुधबारको बजारमा एसियन लाइफ इन्स्योरेन्सको सेयर ६.३६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ६.०६ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय