काठमाडौं– अस्ट्रेलियाले यसै हप्तादेखि विदेशी विद्यार्थी भिसामा कडा नियम लागू गर्न लागेको छ । विदेशी विद्यार्थीको संख्याले अर्को कीर्तिमान कायम गरेको तथ्यांक सार्वजनिक भएका बेला अस्ट्रेलिया सरकारले भिसा नियममा कडाइ गरेको हो । विदेशी विद्यार्थीको बढ्दो आगमनले यसअघि नै खराब स्तरमा पुगिसकेको डेराको समस्यालाई झन् भयावह बनाएको छ ।

भोलि शनिबारदेखि विद्यार्थी र ग्राजुएट भिसाको लागि आवश्यक पर्ने अंग्रेजी भाषाको स्तर अरु बढाइने छ । बारम्बार नियम उल्लंघन गर्ने विदेशी विद्यार्थीलाई भर्ना गर्ने शिक्षण संस्थालाई सरकारले निलम्बन समेत गर्न सक्ने प्राप्त समाचारमा उल्लेख छ ।
मुख्य रुपमा कामका लागि आउने विदेशी विद्यार्थीलाई रोक्न नयाँ ‘जेनुइन स्टुडेन्ट टेस्ट’ लागू हुनेछ भने भिजिटर भिसामा ‘नो फर्दर स्टे’ अर्थात थप समय नबस्ने सर्त लागू हुनेछ ।

यी कदमहरु गतवर्ष अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अप्रतिबन्धित कार्य घण्टा सहित पूर्वसरकारले पेश गरेको कोभिडकालीन सहुलियत बन्द गर्ने कदमकै निरन्तरता हुन् । सरकारले त्यसबेला विदेशी विद्यार्थीका लागि लागू हुने नियम कडा बनाउने र त्यसले दुई वर्षको अवधिमा आप्रवासीको संख्या आधा घटाउने बताएको थियो ।

सन् २०२२ मा अस्ट्रेलियाले कोभिड महामारीका कारण गरिएको सीमा नियन्त्रणको फलस्वरुप देखापरेको कामदार अभावमा व्यवसायहरुलाई राहत दिन वार्षिक आप्रवासीको संख्या बढाएको थियो । कोभिडका दुई वर्षसम्म अस्ट्रेलियामा विदेशी विद्यार्थी र कामदारको आगमन ठप्प भएको थियो । तर विदेशी कामदार र विद्यार्थीको संख्या ह्वात्तै बढ्दा यसअघि नै खराब अवस्थातर्फ उन्मुख डेरा अभाव अझै चर्कियो ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिटिस्कले बिहीबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ को सेप्टेम्बरसम्ममा विदेशी आगमन ६० प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय