काठमाडौं–  नेपाली बजारमा बिहीबार पहेंलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक हजारले घटेको हो ।

बुधबार तोलामा ८७ हजार ५०० मा कारोवार भएको छापावाला सुन बिहीबारका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार एक हजार ३१५ मा कारोवार भएको चाँदी बिहीबार तोलामा एक हजार २८५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय