काठमाडौं– स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीवारका लागि १ लाख ३६ हजार ६०० निर्धारण भएको छ । यस आधारमा छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएकामा बिहीबारका लागि १ लाख ३५ हजार ९५० रुपैयाँ मूल्य तोकिएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने बिहीबार पनि यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय