काठमाडौं– वर्ष २०८० को अन्तिम दिन पनि सुनको भाउ २४०० रुपैयाँले बढेको छ । चैत ३० गते सुनको भाउमा भारी वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ तोकेको हो । महासंघले तेजाबी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ तोकेको छ ।
बिहीबार सुनको भाउ सामान्य घटेको थियो । बिहीबार सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा झरेको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ७५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ७०० रुपैयाँ कायम भएको थियो ।