काठमाडौं– नेपाली बजारमा सुनको भाउ १ लाख ४० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ तोकेको छ ।

मंगलबारको मूल्य अघिल्लो दिनको तुलनामा १७०० रुपैयाँले बढी हो । महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ तोकेको छ । तेजावी सुनको मूल्य पनि सोमबारको तुलनामा १७०० रुपैयाँले बढेको छ ।

महासंघले मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १५०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा हरेक दिन नेपाली बजारमा सुनको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय