काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

चैतमा मात्रै ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार २४१ पुरुष र ६ हजार ६९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

उनले भने, ‘श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।’

यसैगरी चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

विभागको तथ्यांक अनुसार चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । सोही महिनामा २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९६४ जना पुगेका छन् ।

यसैगरी रोमनियामा दुई हजार दुई सय सय ९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १ हजार ३५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय