
काठमाडौं– केही दिनयता ओरालो लागेको सेयर बजार मापक परिसूचक बिहीबार पुनः बढेको छ । साताको अन्तिम दिन नेप्से ९०.६७ बिन्दुले बढेको हो ।
नेप्से परिसूचक बढ्दा २५०६.६८ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १४.६७ बिन्दुले बढेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने ६ अर्ब ५ करोड रूपैयाँमा सीमित भएको छ ।
यस दिन ६ अर्ब पाँच करोड ८१ लाख चार हजार रुपैयाँ बराबरको एक करोड ६६ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भयो । कारोबारमा आएकामध्ये व्यापार समूहको सूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा छ । बिहीबार यस बैंकको ५३ करोड २३ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको छ ।