काठमाडौं– गत अप्रिलमा हवाई मार्गबाट नेपाल आउने विदेशी पर्यटकको संख्या १२.७५ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिलमा पर्यटक आगमन सो अनुपातमा बढेको हो ।

सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । सन् २०२४ को सोही अवधिमा १ लाख ११ हजार ३७६ जना आएका हुन् । बोर्डका अनुसार सन् २०२२ अप्रिलमा ६१ हजार ५८९, सन् २०२१ अप्रिलमा २२ हजार ७३२, सन् २०२० अप्रिलमा १४ र सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय ३० हजार १५८, अमेरिकी ९ हजार ९४७, चिनियाँ ९ हजार ७५० नेपाल आएका छन् ।

साथै बेलायतबाट ५ हजार ३९१, अस्ट्रेलियाबाट ४ हजार ११०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र मलेसियाबाट २ हजार ३१० पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय