काठमाडौं– नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार पनि पहेंलो धातु सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो ।

लगातार ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा ९०० ले घटेको छ । स्थानीय बजारमा छापावाला सुन तोलामा ९०० ले घटेर प्रतितोला ८५ हजार ६०० मा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० मा कारोवार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन तोलाको ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० मा कारोवार भएको थियो ।

महासंघको जानकारी अनुसार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा एक हजार २८५ मा कारोवार भएको चाँदी शुक्रबार भने एक हजार २५० मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय