काठमाडौं– चालू आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा विदेशमा रहेका नेपालीले पठएको रकम १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

यो अघिल्लो वर्षको तुलनमा १९.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । यसपालि साउनदेखि चैतसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३२९,४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २१२,७२१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३८७,८३९ र २१७,९५९ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय