काठमाडौं– नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको १०१औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।

घिमिरेसँग इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा एक दशकभन्दा लामो अनुभव छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआइसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट इएमबीए गरेका छन् । घिमिरे विभिन्न इन्भेस्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू–– जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, इस्यु म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञ मानिन्छन् ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजारमार्फत परिचालन गरी उक्त लगानीमा समयसापेक्ष मूल्य सिर्जना गराउने मुख्य उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।

कम्पनीले पुँजी बजारका असीमित सम्भावना तथा यसको बहु–आयामिक पक्षको अध्ययन गरी नेपाली लगानीकर्तालाई सुरक्षित तथा लाभदायक लगानीका अवसर प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय