काठमाडौं– नेपालमा नोबेल कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

उनका अनुसार गत अप्रिल र मेमा सातवटै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको उनले जानकारी दिए । ‘यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सब भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट संक्रामक नभएको बताए । ‘केपी प्रजातिको भेरियन्ट त्यति संक्रामक छैन । यसको प्रभाव खासै छैन,’ उनले भने । ४२ वटा नमूना परीक्षणमा ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बीए २) दुई जनामा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय