
काठमाडौं– सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा बिहरुबार सुन तोलामै २ हजार ३०० रुपैयाँले महँगिएको छ ।
बुधबार प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबारका लागि १ लाख ४० हजार ५०० रुपैयाा तोकिएको छ ।
तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलाको १ लाख ३७ हजार ५५० मा कारोबार भएकामा बिहीबार बढेर १ लाख ३९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार २५० रुपैयाँले वृद्धि भएको छ ।
चाँदीको मूल्य तोलामा ७० बढेको छ । बुधबार १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबारका लागि २ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।