काठमाडौं– नेपाली बजारमा आइतबार पहेंलो धातु सुनको मूल्य पुनः बढेको छ । अघिल्लो साता लगातार घटेको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलमा ५०० ले बढेको हो ।

मूल्य उकालो लाग्ने क्रममा आइतबार छापावाला सुन तोलामा ८६ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन शुक्रबार प्रतितोला ८५ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ५०० ले नै बढेको छ । तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आइतबारका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने आइतबारका लागि स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २५० मा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय