काठमाडौं– स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा १ हजार रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला १ लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल प्रतितोला १ लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला १ लाख ४१ हजार ३०० मा कारोबार भएकामा आज १ लाख ४० हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
महासंघले चाँदीको मूल्य तोलामा १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला १ हजार ८५० मा कारोबार भएको चाँदी आज १ हजार ८३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।