काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौं महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए । ‘हामी काठमाडौं महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं । एमलेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,’ सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, ‘काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ रु आउनुहोस् हामीसँगै काम गरौं । उत्तेजना फैलाउने उच्छंखल गतिविधि नगर्न म आग्रह गर्छु ।’

बालेनले गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले नेता केपी शर्मा ओलीप्रति कटाक्ष गरेका थिए । फुटपाथ बढाउन न्युरोडको सडक किनारा भत्काएको घटनामा सडक विभागको आपत्तिलाई बालेनले एमालेसँग जोडेका थिए । सडक विभाग एमाले नेता रघुवीर महासेठले नेतृत्व गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय