काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं वार्षिकोत्सवको अवसरमा मंगलबार प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय हात्तिसारबाट शुरु भएको प्रभातफेरि कार्यक्रम कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग हुँदै केन्द्रीय कार्यालयमा आएर टुंगिएको थियो ।

सो कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले मन्तव्य राख्दै मर्जरपश्चात कम्पनी प्रभावकारी रुपमा अगाडि बढिरहेकोले सबैमा उत्साहको अवस्था रहेको र आगामी दिनमा थप उत्साहपूर्ण वातावरण तयार गरि कार्य गरिने जानकारी गराए ।

सो प्रभातफेरि कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालय, शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरु, अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय