काठमाडौं– सरकारले आर्थिक विधेयक २०८१ मार्फत गहुँ आयातमा लगाएको साढे दुई प्रतिशतको अग्रिम आयकर उद्योगले थेग्न नसक्ने नेपाल मैदा उद्योग संघले जनाएको छ ।

गहुँबाट आँटा, सुजी, चक्की आँटा, चोकर जस्तो खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने संघको भनाइ छ ।

कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भन्दै संघले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन अनुरोध पनि गरेको छ ।

औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदा दुवैको भन्सार महसु्ल र अग्रिम आयकर हेर्दा अब कच्चा वस्तुभन्दा तयारी वस्तु नेपालमा आयात गर्न सस्तो (गहुँको कर बढी र मैदाको कर कम) हुने देखिन्छ, जसले गर्दा स्वदेशी मैदा उद्योग धराशयी हुने निश्चित छ ।

कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा, आँटा देशमा आत्मनिर्भर भएको खाद्य वस्तु हो । कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउँदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठूलो लगानी जोखिममा पर्न सक्ने संघको चेतावनी छ ।

संघले व्यापारिक प्रयोजनको लागि आयात गरिने गहुँ र मैदामा कर लगाउँदा हुने तर स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुँमा अग्रिम आयकर लगाउन नहुने बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय