काठमाडौ– स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य आज १ हजार ८५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला १ हजार ८२५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय