काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन चार हजार रुपैयाँले घटेको छ । एकै दिन सुनको मूल्य यति धेरै घटेको सम्भवतः यो पहिलो घटना हो ।

शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आइतबार सवाट्टै घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ तोकेको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि आइतबार तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १ हजार ८२५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय