काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ तोकेको छ ।
बिहीबार उक्त मूल्य एक लाख १ लाख ४२ हजार ६०० रुपैयाँ थियो ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ तोकेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य बिहीबारको १ हजार ५७७ रुपैयाँबाट बढेर शुक्रबार १ हजार ५९९ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलामा २२ रुपैयाँ बढेको हो ।