काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला २७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य एक लाख ४२ हजार रुपैयाँ तोकेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन शुक्रवार प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएकामा आइतबारका लागि १ लाख ४१ हजार ३०० रुपैयाँ मूल्य तोकिएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १ हजार ८१५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय