काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी अधिकृत पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०५१ सालमा कम्प्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्स गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय