काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार ७०० कारोबार भएकोमा आजका लागि १ लाख ४४ हजार ३०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४२ हजारमा कारोबार भएकामा बिहीबारका लागि १ लाख ४३ हजार ६०० रुपैयाा मूल्य तोकिएको छ ।

चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ८२५ मा कारोबार भएको चाँदीको मोल आजका १ हजार ८६५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय