
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते संसद्को विश्वासको मत माग्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले संघीय संसद्का महासचिवलाई शुक्रबार पत्र लेख्दै असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतका लागि प्रस्ताव राख्ने विषय समावेश गरिदिन आग्रह गरेका छन् ।
सरकारलाई समर्थन दिएको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले संघीय संसद्का बहुमत सदस्यको विश्वास रहेको प्रमाणित गर्नुपर्ने संवैधानकि प्रावधानअनुसार उनले उक्त प्रस्ताव संसदमा लैजान लागेका हुन् ।
नेकपा (एमाले)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गरी नेपाली कांग्रेससँग गठबन्धन गर्न लागेको छ ।