चितवन– निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह ९.८ मिटर मापन गरिएको छ । ७ मिटर कटेपछि चेतावनी र ९ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ ।

एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए । ‘निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौं,’ पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय