काठमाडौं– अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ मूल्यवृद्धि हुँदा आइतबार सुन अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेको छ । आइतबारका लागि तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ ।

महासंघले नेपाली बजारका लागि सुनको मूल्य तोक्ने गर्छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावलाई आधार मानेर स्थानीय बजारको लागि सुनको मूल्य निर्धारण गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय