बनेपा– काभ्रे उद्योग वाणिज्य संघको ४१औं साधारणसभाबाट राजेन्द्र पसछे अध्यक्ष निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको निर्वाचनबाट पसछेको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो ।

निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीका अनुसार पसछे ५४० मतका साथ अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा पसछे र वसन्तनारायण भोछिभोयाबीच प्रतिस्पर्धा भएको थियो । वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध भएका छन् भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले र कैलाश पलाञ्चोके निर्वाचित भएका छन् ।

महासचिवमा रवीन्द्र बैदार र सचिवमा यशकुमार रञ्जीत निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके, सहसचिवमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ चुनिएका छन् ।

खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ(बी), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ(ए), उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल चुनिएका छन् । महिला सदस्यमा इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एसोसिएटतर्फ साजन शाक्य चुनिएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय