
काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।
कम्पनीले प्रस्तावित १४.००५१४३ प्रतिशत बोनस सेयर वितरण लगायतका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।
कम्पनीको १२औं वार्षिक साधारणसभा साउन ३२ गते, शुक्रवार, महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभुस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटरिङ सेन्टरमा हुने बताइएको छ ।
उक्त साधारणसभाले एफपीओ निष्कासनपपछि कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसो हुँदा एफपीओबाट सेयर खरिद गरेका सेयरधनीहरुले समेत लघुवित्तको बोनस सेयर पाउनेछन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले साउन २४ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।